Connect with us
Kapilvast Forest

चितवनको जलदेवी सामुदायिक बनको जिप लाइन अवैध रुपमा सञ्चालन

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

चितवन- चितवनको जलदेवी सामुदायिक वनमा सञ्चालनमा आएको जिप लाइन अवैध भएको पाइएको छ । पर्यटन विभागबाट अनुमतिसमेत नलिइकन जीप लाइन सञ्चालन गरिएको पाइएको हो ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को दफा ९४ अनुसार साहसिक तथा मनोरञ्जनात्मक खेल र क्रियाकलापहरू सञ्चालन गर्नुपूर्व पर्यटन विभागबाट इजाजत लिनुपर्ने व्यवस्था छ । तर सो सामुदायिक वनले विभागबाट अनुमति इजाजत नलिइ जिप लाइन चलाउने अनुमति लिएको छैन ।

सामुदायिक वनका एक पूर्व अध्यक्षले जिप लाइन सञ्चालनको अनुमति नलिएको बताए । वनले डिजिजन बन कार्यालय चितवनसँग सहमति लिएर जिप लाइन चलाएको बताउँदै आएको छ ।

यसबारेमा बुझ्न खोज्दा सामुदायिक वनका पदाधिकारी ४८ क्यूफिट सालको काठ लुकिछिपी राखेको अवस्थामा भेटिएपछि फरार छन् । वनका अध्यक्षसहित ५ जनालाई डिभिजन वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । गत मंसिरमा उनीहरूले वनको कार्यालयमा लुकाएर राखेको अवैध काठ डिभिजन वन कार्यालयका कर्मचारीहरुले जफत गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu