Connect with us
Kapilvast Forest

महावु गाउँपालिकाका अध्यक्षको मृत्यु

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

दैलेख- महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको मृत्यु भएको छ । ७९ वर्षिय गुरुङको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आज मृत्यु भएको हो । जिल्ला अस्पताल दैलेखका डा. सुशिला कटुवालले उपचारको क्रममा मृत्युभएको बताउनु भयो ।

उहाँले भन्नुभयो जिल्ला स्वास्थ्य सेवा कार्यालयमा ल्याँउदा उहाँको अवस्था अन्तिम अवस्था थियो बँचाउने कोशिस गरे पनि सम्भव भएन । महावु गाउँपालिकाका लेखा अधिकृत खगेन्द्र बिसीले बिहीबार गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदैगर्दा स्वास्थ्यमा समस्या भएपछि जिल्लामा आएर औषधि लिएर घर फर्केको जानकारी गर्नुभयो ।

आज उपचारका लागि काठमाडौं जाने तयारी गरी गाउँपालिकाबाट हिड्नु भएको हो बीच बाटोमै दुखद घटना घटेछ उहाँले भन्नुभयो । अध्यक्ष गुरुङलाई सुगर प्रेसरजस्ता कुनै पनि समस्या नभएको उहाँका छोरा बिनय गुरुङले जनाउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu