Connect with us
Kapilvast Forest

फाल्गुण ३ गतेबाट भृकुटीमण्डपमा जुत्ता तथा वस्तु प्रर्दशनी मेला लाग्ने

२०७९, २९ माघ आईतवारमा प्रकाशित

काठमाडौ- नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाडौको भृकुटीमण्डपको प्रर्दशनी स्थलमा राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला हुने भएको छ

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका फाल्गुण ३ गते देखि ९ गतेसम्म मेला आयोजना हुने आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले गर्नु हुनेछ ।

मेलाबाट नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भबिष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने लक्ष्य लिइएको छ। यस्तै मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने,आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने लक्ष्य लिईएको छ ।

यस पटक मेलामा पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने आयोजकले जनाएको छ।

मेलामा प्रवेश निशुल्क हुने नेपाल छाला जुत्ता उत्पादक संघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu