प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउँदै
धनगढी- प्रधानमन्त्री पुष्पकुमार दाहाल प्रचण्ड सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँ आज (सोमबार) पहिलो पटक सुदूरपश्चिम आउँदै हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्ड बिहान ८:३० बजे नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री धनगढी आउन लाग्नुभएको हो । सुदूरपश्चिममा आउनेबित्तिकै उहाँले गेटास्थित मेडिकल कलेजको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
गेटामा मेडिकल कलेजमा १० बजे धनगढी पुग्ने कार्यक्रम छ । त्यसपछि उहाँ महेन्द्रनगर प्रस्थान गर्ने हुनुभएको छ । प्रधानमन्त्रीले सुख्खा बन्दरगाह, महाकाली पुल, महाकाली कोरिडोरको निरीक्षण अवलोकन गर्ने कार्यक्रम छ ।