Connect with us
Kapilvast Forest

विवाहको फेसन : पार्टीमा जान भाडामा कपडा

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ- अमेरिकाबाट विवाहका लागि नेपाल आउनुभएका सुजन राजभण्डारीले विवाहको शुभसाइत स्वयम्बर कालागि लुगा सिलाउन नै भ्याउनुभएन। साथीको सल्लाहबमोजिम दुलाहीको कपडा भाडामा दिने थाहा भएपछि त्यही लिएर लगाएँ उहाँले भन्नुभयो विवाह वा कुनै विशेष समारोहमा लगाइने औपचारिक पहिरन एक पटक लगाएपछि दोहो-याएर लगाउने चलन छैन त्यसैले पनि भाडामा लिने ठिकै लाग्यो।

सिलाउन पनि धेरै महँगो पर्ने भयो” राजभण्डारीले थप्नुभयो एक दिन वा एक पटकका लागि यति खर्चिलो लुगा किन लगाउने जस्तो लाग्यो मलाई त यो भाडाको लुगाको चलन आएको राम्रो लाग्यो।

उहाँ मात्र होइन सर्जु चौलागाईंले पनि आफ्नो विवाहको लेहेङ्गा भाडामा नै लिनुभएको थियो। उहाँ भन्नुहुन्छ पहिले म पार्टीमा जाने बेला पनि यस्तो भाडाको कपडा नै लगाउँथे। विवाहका लागि पनि उतैबाट लुगा लिएँ।

एक पटक लगाउने हो पटक पटक सिलाउँदा धेरै रकम पर्नुका साथै लुगा थन्क्याउने झन्झटबाट पनि छुट्कारा हुन्छ। विवाहका लागि विभिन्न फेसनका लुगा आवश्यक पर्छ तर सिलाउन र भनेको जस्तो सिलाइ र आफूलाई चित्तबुझ्दो फेसन पाउन निकै कठिन हुन्छ त्यसको विकल्प बनेको छ विभिन्न फेसनको कपडा एकै ठाउँमा त्यो पनि भाडामा।

कपडा भाडामा पाउने स्थानमा थरीथरी डिजाइनका पहिरनलाई भाडामा दिने गरिएको छ। यहाँ महिला पुरुष दुवैका लागि पार्टी वेयर ड्रेसदेखि विवाहको पहिरन भाडामा पाइन्छ। कपडा रेन्टले महिलाका लागि विशेष गरी साडी गाउन र लेहेङ्गा तथा पुरुषका लागि सुट र दौरा सुरुवाल भाडामा दिने गर्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu