Connect with us
Kapilvast Forest

आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगतको सम्मान भयो : उपराष्ट्रपति

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको उच्चतम योगदानको सम्मान गरेको बताउनुभएको छ। सोमबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको बताउनुभयो।

उहाँले बिदालाई लिएर पूर्वाग्रह राख्नेले जेसुकै भने पनि संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेश, बागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको बताउनुभयो।

उहाँले जनताको जीवनमा परिवर्तनको अनुभुति गराउन नसके चुनौतिको चाङ लाग्ने र परिवर्तनप्रति नै प्रश्न उठ्ने पनि बताउनुभयो। उहाँले यसप्रति सबै प्रदेश सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu