Connect with us
Kapilvast Forest

जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्छः महासचिव विप्लव

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

सनिउल्ला धोबी
कपिलवस्तु- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताउनु भएको छ । महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले जनयुद्ध दिवस जनताको दिवस भएकाले राष्ट्रिय बर्षको रुपमा सबैले मनाउनु पर्ने धारण बताउनुभयो । महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित २८ औं जनयुद्ध दिवसलाई सम्बोधन गर्दे महासचिव (विप्लव) ले अधिकार नपाएको जनताको विद्रोह स्वरुप जनयुद्ध भएको उदघोष गर्नुभयो ।

उहाले भन्नुभयो“नेपालका सबै किसान, मजदुर, महिला, मधेशी, मुस्लिम आदीवासी, जनजाती लगायत सबैको मुक्तीको लागि भएको जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ । ” अझै पनि केही नागरिकहरु जनयुद्धलाई अपमानितको रुपमा लिएको हुदाँ जनयुद्धलाई आलोचना गर्ने ब्यक्तिहरु पराजित मानसिकताको उपज भएको विप्लबको भनाई रहेको थियो ।

विप्लवले नागरिकको हक अधिकारका लागि सदैव एकजुट भइ जनक्रान्ती गर्नु पर्ने बताउनु भयो । फागुन ५ गते मिटरब्याजीको विरुद्ध र फागुन १५ गते लघुवितिय विरुद्ध देशभर विरोध गर्ने विप्लवले बताउनु भयो । प्रचण्ड, माधव कुमार नेपाल, केपी शर्मा ओलीसग छलफल गरिरहेको सबै कम्युनिष्ट मिलेर जनक्रान्तीको बाटोमा अघि बढेको बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा केन्द्रिय सदस्य भेषराज भुसालले माओवादीका कारण देशमा विकास भएको बताउनु भयो । विना सघंर्ष केही उपलब्धि हासिल गर्न नसकिने भन्दै भुसालले जनयुद्धको उपलब्धीलाई आत्मासात गर्नु पर्ने बताउनुभयो ।

जनयुद्धमा १७ हजार जनाले कुर्बानी दिएकाले सबैले जनयुद्धलाई सहिढङगबाट लिनु पर्ने बताउनुभयो । कपिलवस्तुमै करिब १६ सय जना द्वन्द पीडित रहेको बताउनु भयो । कपिलवस्तुका दक्षिणी भेगका केही मधेसी नेताले जनयुद्धमा होमिएका मधेसी नेपालीलाई शोषण गरेको बताउनु भयो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा केन्द्रिय सदस्य असल क्षेत्रीले राष्ट्रियता जोगाउन र बर्गिय मुक्तीको लडाइँमा जनयुद्ध भएको बताउनु । उहाले भन्नुभयो “भारतका गाडी नेपालमा निर्वाध रुपमा खुलेआम सन्चालन हुँदै आएको छ तर नेपालका गाडी धर्मिक स्थल अयोध्या समेत जना पाउदैन । भारतीय हस्ताक्षेपको विरुद्धमा लाग्नु पर्र्छ । ”

जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य खिमान सिहं परियार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएको छ ।
२८ औं जनयुद्ध दिवस कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी पश्चिम ब्युरो इन्चार्ज सन्जिव झाक्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रिय सदस्य सुशील शर्मा, केन्द्रिय सदस्य अडिग बोगटी, केन्द्रिय सल्लाहकार सन्ध्या विसी, कपिलवस्तु पश्चिम जिल्ला अध्यक्ष हेमन्त क्षेत्री लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रम सन्चालक जिल्ला सचिव पाबेल लुइटेलले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu