लुम्बिनी प्रदेशको स्थापना दिवस मनाईदै, अबको पाँच वर्ष विकासमा केन्द्रित हुने
दाङ – लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ।
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो।
कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नुहुनेछ ।
स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिनुभयो। प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ।
मुख्यमन्त्री लीला गिरीले अवको पाँच बर्ष जनताको जिविकोपार्जन बढाउन प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ ।
पहिलो कार्यकालको पाँच वर्ष प्रदेशको जग बसाल्ने काम भएको भन्दै अबको पाँच वर्ष विकास र जनताको जीवनस्तर उठाउन केन्द्रित हुने बताउनु भएको छ।
दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको कार्य अपेक्षित रुपमा अझै जनउत्तरदायी र विस्वश्नीय वनाउनु पर्ने जरुरी रहेको बताउनु भएको छ । उहाँले शुन्य संरचनाबाट शुरु भएको प्रदेश स्थापनाको यो अवधीमा प्रदेश सभा र सरकारले केही गति लिन लागेको अनुभूती जनस्तरबाटै हुन थालेको उल्लेख गर्नु भएको छ ।
शक्ति पृथकीकरण सिद्धान्त अनुसार चल्ने प्रदेश सभा र प्रदेश सरकार एक अर्काका परिपुरक भएको भन्दै उनले सहकार्य र समन्वयबाटै यसको सम्बन्ध अझै मजवुद बनाउन सकिने बताएका छन्।