सूर्योदयमा गुनासो चौतारी
पशुपतिनगर- सूर्योदय नगरपालिकाले वडावडामा पुगेर नगरवासीको गुनासो सुन्न गुनासो चौतारी कार्यक्रम सुरु गरेको छ। जनप्रतिनिधि, कर्मचारीसहितका विषयमा खुलेर सोध्न पाउने भएपछि स्थानीयले मनमा लागे जति प्रश्न सोध्ने गरेका छन्।
सूर्योदय नगरपालिका–१३ र १४ को सङ्गम स्थल उत्तरेको माङ्खिम भवनको प्राङ्गणमा गुनासो चौतारी कार्यक्रम सम्पन्न भएको छ। जनताका गुनासो सिधै नगर समक्ष राख्न पाउने अधिकारलाई घरदैलोमै पु-याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरले जनाएको छ।
नगरवासीसँग प्रत्यक्ष नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत वडाका जनप्रतिधिसमेत बसेर सामान्यभन्दा सामान्य गुनासोमाथि छलफल गर्ने र एक आपसका तिक्तता मेटाउन सकिने भएकाले गुनासो चौतारी कार्यक्रम आयोजना गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो।