विद्यालयलाई सहयोग गर्नेहरू सम्मानित
फिदिम- पाँचथरको फिदिम ७ मा सञ्चालित रानिटार माध्यमिक विद्यालयले विद्यालयको विकास र उन्नयनमा सहयोग पुर्याएको भन्दै जग्गादाता चन्दादाता पूर्व अध्यक्ष र पूर्व शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले बुधवार एक समारोह आयोजना गर्दै ५० भन्दा धेरै जग्गादाता, चन्दादाता र पूर्व शिक्षकलाई सम्मान गरेको हो ।
कार्यक्रममा संस्थापक जग्गादाता नरबहादुर गुरुङ नरमाया तामाङ संस्थापक अध्यक्ष देवीप्रसाद बाँस्कोटा डिकबहादुर गुरुङ पदमबहादुर गुरुङ र टेकनाथ बाँस्कोटाको परिवारका सदस्यलाई सम्मान गरिएको थियो । यसै गरी पूर्व अध्यक्षहरू प्रेम प्रसाद अधिकारी वीरेन्द्र बाँस्कोटा जयप्रकाश बाँस्कोटा बलबहादुर गुरुङ सूर्य बहादुर तामाडलाई पनि सम्मानित हुनुभएको छ ।