आयोजना अलपत्र पर्दा टुलुटुलु हेरेर बसिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
दिपायल- उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा योजनाहरू सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आयोजना अलपत्र पर्दा सरकार टुलुटुलु हेरेर नबस्ने उहाँले प्रष्ट पार्नुभयो ।
चेम्बर अफ कमर्सले आज डोटीमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै उहाँले टेण्डर भएर समयमै काम सम्पन्न नभएका अधुरा आयोजनाहरूको काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
टेण्डर बिट गर्ने काम गरेजस्तो मात्रै गर्ने वर्षौँसम्म राज्य र जनतालाई नोक्सानी गर्ने ठेकेदार र कम्पनीलाई छुट दिन नसकिने उहाँले बताउनुभयो । विश्वसनीय ढङ्गबाट सम्झौताअनुरूपको काम हुन्छ भने मात्रै म्याद थप गरेर काम गर्न अनुमति दिने उहाँले बताउनुभयो ।