माओवादी केन्द्र लुम्बिनीमा विवाद मन्त्रीबाट मन्त्रिपरिषद बहिस्कार
बुटवल- प्रदेश सरकारमा मन्त्रालयको कार्यविभाजनको विषयले माओवादी केन्द्र लुम्बिनीमा देखिएका असन्तुष्टि अझै साम्य भएको छैन । बिहीबार प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा असन्तुष्ट पक्षले संसदीय दलका नेताले छलफल विना एकल निर्णयका आधारमा आफूखुशी मन्त्रीको कार्यविभाजन गरेको भन्दै चर्को विरोध गर्दै र तत्काल संसदीय दलको बैठक माग गरेका थिए ।
बाँकेबाट प्रत्यक्ष निर्वाचित कृष्णा केसीलाई सहमतिबिना आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनाइएको भन्दै केसी र उनी पक्षका नेताहरु असन्तुष्ट छन् । मन्त्री केसीले कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारका कार्यक्रम र मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै आएकी छन् ।