Connect with us
Kapilvast Forest

हिउँद नसकिँदै गर्मी सुरु

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौँ- यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।

नेपालजस्तै दक्षिण एसियाका अन्य मुलुकमा पनि हिउँद नसकिँदै गर्मीको राप बढ्न थालेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो भारतका विभिन्न प्रान्तमा यतिखेर तातो वायुको चाप बढ्दै छ कतिपय स्थानमा चैत वैशाखमा हुनुपर्ने ४० डिग्री सेल्सियसआसपासको तापक्रम अहिले पुगेको छ ।राजस्थानलगायत मरुभूमिले छोएका स्थानमा तातो वायु र हावा एकैसाथ बहन थालेको बताउँदै उहाँले यसको असर नेपालमा एक÷दुई दिनयता बढेको गर्मीले आभास गराएको दाबी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu