Connect with us
Kapilvast Forest

आँबु पोखरा सडक बिस्तार डेढ वर्षमा : १० प्रतिशत काम

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

तनहुँ- तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन ।

सडक विस्तार गर्ने क्रममा ठाउँठाउँमा भित्ता काट्ने काम हुँदा सडक धुलाम्य छ । निकट वस्तीका वासिन्दाहरु सडक विस्तारको काम कहिले सकिएला र धुलोबाट मुक्ति पाइएला भन्ने आशामा बसेका छन् ।

८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर निर्माण थालिएको झण्डै डेढ वर्ष वितेको छ । तर प्रगति भने जम्मा १० प्रतिशतको हाराहारीमा छ । दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनीले पाएका छन् । तुलनात्मक रूपमा सजिलो भूगोल भए पनि ठेकेदार कम्पनीले कामको स्पीड बढाउन सकिरहेको पाइँदैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu