Connect with us
Kapilvast Forest

लघुवित्त र मिटर ब्याजीलाई विप्लव नेकपाको प्रतिबन्ध

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु– विप्लव नेतृत्वको नेकपा पश्चिम कपिलवस्तुले लघुवित्त र मिटर ब्याजीलाई प्रतिबन्ध गरेको छ । शोषणले जनतालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै आइतबार एक प्रेस विज्ञप्ति जारी गरेको नेकपाले जनाएको छ ।

मिटर ब्याजी र लघुवित्तिय संस्थाहरूको आतंकले पश्चिम कपिलवस्तुका जनतालाई जीवन मरणको अवस्थामा पु¥याएको छ । “त्यस्ता व्यक्ति र संस्थाको अमानवीय आर्थिक शोषणले जनतालाई आत्महत्या समेत गर्न बाध्य बनाएको छ । विभिन्न प्रकारका डर, धम्की र दबाब दिएर गरिने यस्ता कार्यको सम्बन्धमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको छ”–विज्ञप्तीमा भनिएको छ ।

जनतालाई अनुचित नाफाको मनसाय राखी ऋण प्रवाह गर्ने र असुल उपरका लागि हदै प्रकारको हतकण्डा अपनाउने पाइएको विज्ञप्तीमा उल्लेख छ । ऋण प्रवाह गरेको सानो साँवा रकमको हजारौं गुणा बढी असूल उपर गरिसक्दा पनि दबाबमा असुल उपर जारी रहने गरेको पाइएको सो पार्टीले जनाएको छ ।

“असुल उपर गर्न दिदि बहिनि आमाहरुलाई अनैतिक कार्य गरेर बुझाउन, अमर्यादित र निर्देशनात्मक भाषा बोल्ने र दाजुभाईहरुलाई त्रास, धम्की दिने र मारिदिने जस्ता क्रुर आततायी प्रकारका क्रियाकलाप गरेको पाइएको छ । अपहरण गर्ने र दृष्टि बन्धक गरेर सम्पत्ती हडप्ने जस्ता कार्यले नागरिकलाई आत्महत्या जस्तो बाटो रोज्न बाध्य पारिएको छ”–विज्ञप्तीमा भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu