जगदीशपुरतमा ३ दिने एडभान्स लेबलको हाउस वायरिङ तालिम सुरु
कपिलवस्तु –
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरतमा ३ दिने एडभान्स लेबलको हाउस वायरिङ तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा भएको कार्यक्रमको उदघाटन गर्दै वडाध्यक्ष दिपक गुरुङले तालिमले बेरोजार युवाहरुलाई थप सिप प्रदान गर्ने बताए ।
उनले सिप सिकेर आय आजृनमा मद्दत मिल्ने बताए । उनले आफनो वडाले समेत सिप मुलक तालिमहरु क्रमशः संचालन गर्दै जाने बताए । युवाहरुको मागकै आधारमा जगदीशपुरमा एडबान्स लेबलको तालिम संचालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिष्णु पोख्रेलले बताए । उनले तालिममा बेसिक लेबलको तालिम लिएका १५ जना युवाहरुलाई सहभागी गराइएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोख्रेलको अध्यक्षता, पुर्ण परियारको संचालनमा भएको कार्यक्रममा महिला वडा सदस्य कमला देबी पौडेल, लेखापाल गोबिन्द प्रसाद तेली, बिनय सैनी, नारायण प्रसाद पन्थी प्रशिक्षक दिपक केसी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।