Connect with us
Kapilvast Forest

सहकारीको कार्यालय फोडेर २ लाख चोरेको आरोपमा युवक पक्राउ

२०७९, १६ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं -सहकारीको कार्यालय फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका–७ को मिसास वचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा नुवाकोट घर भई तारकेश्वर नगरपालिका–१ भत्केको पुल बस्ने ३३ वर्षका रुपबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौंको बसुन्धराबाट चोरीमा प्रयोग भएको सामग्रीसहित पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज बुझाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu