Connect with us
Kapilvast Forest

सन्दीप लामिछाने युएई प्रस्थान

२०७९, १७ फाल्गुन बुधबारमा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न बुधबार युएई प्रस्थान गर्नुभएको छ। नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। हिजो भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई यूएई पठाइएको क्यानले जनाएको हो।

युएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच एकदिवसीय शृङ्खला चलिरहेको छ। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै सन्दीपका लागि युएईको ढोका खुलेको हो। नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई सर्वोच्च अदालतले राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिएपछि उनी युएई प्रस्थान गरेका हुन्।

युएई शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो। नेपालले आफ्नो दोस्रो खेल भोलि युएईसँग खेल्नेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu