Connect with us
Kapilvast Forest

बज्र गुरु मन्त्र जपमा बिस हजार भक्तजन सहभागी

२०७९, १८ फाल्गुन बिहीबारमा प्रकाशित

ताप्लेजुङमा आयोजित बज्र गुरु मन्त्र जप पूजामा करिब बिस हजार बढी भक्तजन सहभागी भएका छन् । भौतिक सुख तथा मानव शान्तिको कामना गर्दै आयोजना गरिएको तीन दिने चौथो बज्र गुरु मन्त्र जप पूजामा उक्त सङ्ख्यामा भक्तजन सहभागी भएका हुन् ।

सोमबार सुरु भई बुधवार सम्पन्न तीन दिन बज्र गुरु मन्त्र जप पूजामा विभिन्न आस्थाका २० हजार बढी भक्तजन सहभागी भएका मन्त्र जप पूजा आयोजक समितिका सदस्य–सचिव पासाङ रिता शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार बौद्ध मार्गीहरूसँगै हिन्दु, किराँतलगायत धर्ममा आस्था राख्ने नागरिक समेतले मन्त्र जप पूजामा सहभागिता जनाएका छन् ।

प्रमुख लामा जोपा रिम्पोछेले मन्त्र जप पूजामा तीन दिनसम्म नै प्रवचन दिनुभएको शेर्पाले जानकारी दिनुभयो । यस्तै औतारी लामा गुरु तीन जना, आचार्य लामा गुरु तीन जना र अन्य लामा गुरु तीन सय जनाले पूजामा पाठ प्रवचन गर्नुभएको उहाँले बताउनुभयो ।

यता मन्त्र जप पूजामा करिब ७५ लाख रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको पनि सदस्य–सचिव शेर्पाले जानकारी दिनुभयो । सङ्कलित रकममध्ये मन्त्र जप पूजा व्यवस्थापन लगायतमा ५० लाख जति खर्च हुने र बाँकी २५ लाख रुपियाँ नाफा अर्थात् बचत हुने अवस्था रहेको उहाँले बताउनुभयो । पूजाको यथार्थ आयव्यय विवरण आउनलाई भने केही दिन लाग्ने उहाँको भनाइ छ ।

भौतिक सुख तथा आध्यात्मिक चिन्तनका माध्यममार्फत मनमा शान्ति मिल्ने उद्घोषसहित यहाँ बज्र गुरु मन्त्र जप पूजा आयोजना गरिँदै आएको छ । यसअघि मन्त्र जप पूजाको पहिलो, दोस्रो र तेस्रो संस्करण सम्पन्न गरिएका छन् । मन्त्र जप पर्यटकीय स्थल सुकेटारस्थित सिरेटो हिल रिपोर्ट परिसरमा आयोजना गरिएको थियो ।

बज्र गुरु मन्त्र जप पूजा बौद्ध धर्मसँग सम्बन्धित भए पनि सबै धर्ममा आस्था राख्ने भक्तजनको सहभागिताले साझा कार्यक्रमजस्तै बन्दै गएको छ । सबै धर्मको उद्देश्य मानिसलाई नैतिकवान् बनाउने र दया, माया तथा करुणा भाव प्रदर्शन गर्ने भएकाले धार्मिक सद्भावसहित मन्त्र जप पूजा भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको आयोजक समितिका अध्यक्ष थुप्तेन जिग्डोल लामाको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu