Connect with us
Kapilvast Forest

पदका लागि गठबन्धन भत्किँदैन

२०७९, २० फाल्गुन शनिबारमा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदकै लागि अहिलेको गठबन्धन नभत्किने बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिनेबारे छलफल गर्ने उद्देश्यसहित बसेको बैठकमा सो कुरा बताउनुभएको हो ।

उहाँले १० पुसमा बनेको एमालेसहितको गठबन्धन भत्किनु र चुनावी गठबन्धन बिउँतिनुबारे नेताहरूले जानकारी गराउनुभएको थियो । खड्काले सबै सांसदलाई रामचन्द्र पौडेलको पक्षमा मत दिन समेत अपिल गनुभयो । उहाँले अहिले नयाँ गठबन्धन बन्नुको उद्देश्य पनि प्रस्ट्याउनु भएको थियो । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनबारे जसरी संसदमा मन्तव्य दिनुभयो, त्यो राम्रो थिएन,’ खड्काले भन्नुभयो,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिने बेला निकै गर्जनका साथ ओलीले आफूले संसद् विघटन गरेको कुरा सही नै हो भन्ने तरिकाले धारणा राखेपछि स्वयं प्रधानमन्त्री प्रचण्ड झस्किएको बताउनुभयो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले गठबन्धनबारे सांसदहरूलाई प्रशिक्षण दिनुभएको थियो । यस्तै, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले १० पुसमा एमालेसहित बनेको गठबन्धन भत्किनुको प्रमुख कारण एमाले अध्यक्ष केपी ओली भएको प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘खासगरी केपीजीले विश्वासको मत दिँदा मैले प्रतिनिधिसभा विघटन गरेको ठिक थियो, फेरि पनि यस्तो हुन सक्छ, यो राजनीतिक कुरा हो, जायज कुरा हो भनेर जसरी प्रस्तुत हुनुभयो, त्यसबाट ओलीमाथि शङ्का उत्पन्न भएपछि नयाँ बाटो अपनाउनु परेको हो ।’ ओलीले मौका पाए फेरि पनि प्रतिनिधिसभा विघटन गर्नसक्ने आशङ्का उत्पन्न भएका कारण ओलीसहितको गठबन्धनमा विश्वास नभएर चुनावी गठबन्धन बिउँताउनु परेको बस्नेतले बताउनुभयो ।

यद्यपि, प्रदेश सरकारको भविष्यबारे भने एमालेमा निर्भर रहने खड्का र बस्नेतको भनाइ थियो । केन्द्रमा जस्तै प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको खण्डमा गठबन्धनलाई सहज हुने नेताहरूको भनाइ छ । कर्णालीमा एमाले सत्तारुढ दल हो । तर अहिलेसम्म प्रदेशमा एमालेले सरकार छाड्नेबारे निर्णय लिन सकेको छैन । बैठकमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu