Connect with us
Kapilvast Forest

प्युठानमा जेसिबि र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२०७९, २० फाल्गुन शनिबारमा प्रकाशित

विजुवार- प्युठानको माण्डवि गाउँपालिका – ५ आपचौरमा भएको दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती –२ टिकुरी बस्ने अन्दाजी ४०/४५ वर्षका रामबहादुर थापा गोपाल रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसिरहनुभएकी ऐरावती–२ कि कमला भुसाल घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङतर्फ आउँदै गरेको लु २१ प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu