Connect with us
Kapilvast Forest

बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

२०७९, २१ फाल्गुन आईतवारमा प्रकाशित

ओखलढुङ्गा- आइतबार बिहान चिशंखुगढी गाउँपालिकादेखि ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ । वडा नं. ३ दियालेको राहुटार नजिकै बोलेरो दुर्घटना हुँदा दुर्घटनामा चिशंखुगढीका ५२ वर्षीय मीनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको हो ।

उक्त बोलेरो जिपमा चालकसहित १३ जना यात्रु थिए । दुर्घटनामा नौ जना गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा पुर्न भएका तीर्थलक्ष्मी थापा शर्मिला श्रेष्ठ खेम अधिकारी तुलसादेवी कटेल आयुषा श्रेष्ठ केन्द्र कार्की लडिसा श्रेष्ठ तिलककुमारी श्रेष्ठ र चालक सुमन कार्कीको अवस्था गम्भीर छ । उहाँहरूको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu