तीन दिनमा एक पटक पानी
बैतडी- बैतडी सदरमुकामवासीलाई तीन दिनमा एक पटक पानी दिन थालिएको छ। बैतडी साना सहरी खानेपानीका पाइपमा चुना जमेर पानी आपूर्ति कम भएको भन्दै दशरथचन्द नगरपालिका–४ गढी र शाहीलेक क्षेत्रमा तीन दिनमा एक पटक पानी वितरण थालिएको हो।
सदरमुकाम क्षेत्रमा एक हजार ६० वटा धारा रहेका छन्। यहाँ दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ। छ इन्च व्यास भएको पाइपभित्र चुना (क्याल्सियम) जम्दा पाइपको व्यास चार इन्चमा झरेको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिनुभयो।