Connect with us
Kapilvast Forest

महामूर्खको उपाधि पाउन तँछाडमछाड

२०७९, २२ फाल्गुन सोमबारमा प्रकाशित

ढल्केबर- कसैलाई मूर्ख मात्र पनि भनिदिँदा क्रोधले तथानाम गालीगलौज मात्रै गर्दैनन् उस्तै परे हातपात गर्न अग्रसर हुन्छन्। तर जनकपुरमा सम्मेलनको आयोजना गरेर हजारौँ मानिसका अगाडि महामूर्ख भनेर घोषित गरिँदा पनि आफूलाई गौरवान्वित महसुस गर्छन्।

जनकपुरमा मिथिला नाट्यकला परिषद् मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्खको उपाधि प्रदान गर्दै आएको छ। उपाधिसँगै भन्टा मुलालगायत विभिन्न तरकारीले उनिएको माला लगाएर सम्मान गरिन्छ। तर यस वर्ष भने यो उपाधि पाउन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवदेखि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसम्मको तँछाडमछाड भइरहेको छ।

व्यङ्ग्यात्मक शैलीमा प्रदान गरिने यो महामूर्खको उपाधि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मह जोडी मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत राजनीतिक विश्लेषक सीके लाल हित्यकार रामभरोस कापडी नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, जनकपुर महानगरका पूर्व नगरप्रमुख लालकिशोर साहले पाइसक्नुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu