पोखरामा पर्यटकको होली : फोटो फिचर
पोखरा- नेपालको पर्यटकीय नगरी पोखरा। पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए। होली नेपाली परम्पराको रङको पर्व।

एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए।

निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रममा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए।
