अन्तर्राष्ट्रिय नारी दिवसमा पुरुष ऐक्यबद्धता मार्च
काठमाडौं- ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च आयोजना गरिएको छ । दिवसको अवसरमा युवालय लगायतका विभिन्न संघसंस्थाहरुले बुधबार बिहान आयोजना गरेको पुरुष ऐक्यबद्धता मार्च भृकुटीमण्डपबाट शुरु भइ शहीदगेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियोे ।
मार्चपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नारी मुक्तिका लागि हरेक पुरुष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । महिला–पुरुष बरीबरी नभएसम्म समृद्ध राष्ट्र नबन्ने भन्दै बस्नेतले महिला अधिकारका लागि पुरुष जागरण पनि उत्तिकै अपरिहार्य रहेको बताए ।