Connect with us
Kapilvast Forest

जीवन रक्षाका लागि कान्छी प्राध्यापकको अपिल

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौँ- अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गर्नु भएको छ । स्तन डिम्बाशय पेट कलेजो र फोक्सोको क्यान्सरलाई पछार्न सात वर्षदेखि उदाहरणीय आत्मबल र आफ्नै मिहिनेतको खर्चमा उपचाररत प्रा.डा. उर्मिला प्याकुरेलले अबको उपचार भने धान्न नसक्ने जनाउँदै सहयोगको अपिल गर्नुभएको हो ।

उहाँ क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि पिएचडी सकी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बन्नुभएको हो । ४२ वर्षीया प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाएको बताउनु भयो ।

सिन्धुपाल्चोकको कालिका गाउँकी सामान्य परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा गरी हालसम्म उपचारमा साढे चार करोड रुपियाँभन्दा बढी खर्च भएको परिवार स्रोतले जनाएको छ । तर पनि पूर्णरुपले क्यान्सर ठिक नभएको र अबको अन्तिम विकल्प इम्युन थेरापी गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार उक्त उपचार थालेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu