Connect with us
Kapilvast Forest

घोराही तुलसीपुर चार लेन सडक : ठेकेदार फेरिइरहे तर सडक उस्तै

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

दाङ- दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तार चार वर्षदेखि अलपत्र छ । यो चार वर्षमा पटक–पटक ठेकेदार फेरिए पनि सडक निर्माणको प्रगति भने १० प्रतिशत मात्र छ ।
पटक–पटकको म्याद थप र ताकेताबाट पनि काममा प्रगति नभएपछि चार लेन सडक आयोजना कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

घोराहीको बबई खोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको २८ किलोमिटर सडक निर्माण अलपत्र अवस्थामा छोडिएपछि धरापमा परिणत भएको छ । सडकका दुवै भाग खनेर छोड्दा सडक साँघुरो बनेको छ । सडकमा मुश्किलले दुईवटा गाडी पास हुन्छ ।

सडकको बीच–बीचमा ठूला–ठूला खाल्डा बनेका छन् । यो सडक खण्डमा हालसम्म ५९ वटा सवारी दुर्घटना हुँदा २५ जनाको ज्यान गइसकेको छ भने ७८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu