मतदानअघि भने देश र जनताका अगाडि चुनौती छ : नेम्वाङ
काठमाडौं- राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका छन् । राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुगेका नेम्वाङले पत्रकारसित भन्नु भयो ।
यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ तपाईंहरुले देखिराख्नुभएको छ अहिले देश र जनताको अगाडि चुनौती छ । चुनौतीबाट पार पाउनका लागि देश र जनता एक ठाउँमा उभिनु पर्ने उनले जनाउनु भयो ।