राष्ट्रपति निर्वाचनमा के देखियो
काठमाडौं- कडा सुरक्षाका बीच राष्ट्रपति पदको निर्वाचन जारी छ । बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने र आजै बेलुका परिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा माधव कुमार नेपाल लगायतले मतदान गरिसकेका छन् । नेपालको तेस्रो राष्ट्रपति बन्ने प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले पनि मतदान गरेका छन् ।
आठ दलको समर्थन पाएका पौडेल प्रशन्न मुद्रामा छन् । उनी मतदान सुरु हुनुभन्दा करिब एक घण्टा अगाडि नै संसद भवन परिसरमा पुगेका थिए । पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने मतदानका लागि माननीयहरू आउन लाग्नु भएको छ ।