१४ वर्षको बन्दी जीवनदेखि राष्ट्रपतिसम्म
काठमाडौं- प्रजातान्त्रीक योद्ध नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरेर १४ वर्ष जेल जीवन बिताउनुभएका पौडेल गणतन्त्र नेपालको चौंथो राष्ट्रपति बन्नुभएको हो।
लोकतन्त्रका लागि कोही कसैसँग सम्झौता नगर्नुभएका पौडेलको सङ्घर्ष र राजनीतिक उचाइको सम्मान भएको छ। उहाँ आठ राजनीतिक दलका दर्ताबाट साँझा उम्मेदवार बनेर राष्ट्रपति निर्वाचित हुनुभएको हो।
पौडेललाई नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा लोकतान्त्रिक समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपति पदका लागि मतदान गरेका हुन्।