Connect with us
Kapilvast Forest

सक्षम र विद्यार्थीमा लोकप्रियलाई उम्मेदवार नबनाए विद्रोह हुन्छ : सिटौला पक्ष

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा योग्य उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएको छ । संस्थापन र नेता शेखर–गगन पक्षधर स्ववियुमा उम्मेदवार चयनमा जुटिरहँदा तेस्रो धारले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

स्ववियु निर्वाचनका लागि उम्मेदवार दर्ता हुनुको अघिल्लो दिन शुक्रबार सिटौला निकटका विद्यार्थी नेताहरु भेला भएर आफ्नो समूहको धारणा सार्वजनिक गरेका हुन् । शुक्रबार बिहान वाल्मिकी क्याम्पसमा उक्त समूहको विशेष भेला बोलाइएको थियो ।

क्याम्पसमा विद्यार्थीहरुको बीचमा भिजेका र सक्षमलाई उम्मेदवार नबनाए आफ्नो समूहले विद्रोह गर्ने निर्णय गरिएको उक्त पक्षका विद्यार्थी नेता सुशील भट्टले जानकारी दिए । सक्षमलाई स्ववियुको टिकट नदिएर आसेपासेलाई टिकट दिए विद्रोह हुन्छ भट्टले भने ।

विधान पद्धति र विद्यार्थीको आवाज उठाउनेलाई पाखा लगाएर गुटका आधारमा टिकट दिइए विद्रोह गर्ने उक्त समूहले चेतावनी दिएको छ । गठबन्धन र गुटका नामा सक्षमलाई पाखा लगाइए स्वतन्त्र उम्मेदवारी दिने भट्टले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu