Connect with us
Kapilvast Forest

नेपालको गाउँघरमा चुपचाप उपचारमा खटिएका विदेशी डाक्टर

२०७९, २७ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं- सेवाका लागि कुनै भौगोलिक सिमाना भेषभूषा र संस्कृतिले फरक पार्दैन भन्ने गतिलो उदाहरण हुन् डा. माइक सीएफ स्मिथ । ७० वर्षीय डा. स्मिथ राष्ट्रियताले बेलायती हुन् । तर उनी ४० वर्षदेखि ग्रामीण क्षेत्रका नेपालीको उपचार खटिरहेका छन् ।

विकट र दुर्गम क्षेत्रका नेपालीको नाक कान र घाँटीको उपचार गरिरहेका उनलाई नेपालले यसरी तानेको छ कि अन्तिम सास रहँदासम्म यतै सेवा गर्न चाहन्छन् । स्मिथ नेपाललाई आफ्नो दोस्रो घर मान्छन् ।

आफ्नो सेवाको सबैभन्दा बढी समय नेपालको पश्चिमी क्षेत्रमा खार्चिएका उनले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र विभिन्न समयमा देशको पश्चिमी कुना-काप्चाको क्षेत्रमा विशेषज्ञ सेवासहितको सेवा दिएका छन् ।

सुविधासम्पन्न देशमा जन्मिएपनि फलको आशा नगरी नेपालको विकट क्षेत्रमा रहेर सेवा प्रदान गरेकै कारण उनलाई त्यहाँका बासिन्दाले भगवानभन्दा कम ठान्दैनन् । तर अफसोच उनलाई सरकारले भने चिन्दैन । सरकारले मलाई वर्षैपिच्छे भिसा प्रक्रियामा सबैभन्दा बढी अल्झिने व्यक्ति भएकाले मेरो नाम चाहिं याद गरेको होला अनलाइनखबरसँग उनी भन्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu