भुमिअधिकार मञ्चद्वारा चन्द्रौटामा र्याली : फोटो फिचर
राष्ट्रिय- भुमिअधिकार मञ्चले नेपाल शिवराजले चन्द्रौटामा र्याली गरेको छ । अधिकार मञ्च शिवराज नगर कमिटीको आयोजनामा जिल्लाको चन्द्रौटामा शुक्रबार गरिएको छ । सुरक्षित बास सबैलाई खेतीयोग्य जमिन किसानलाईू भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ ।

सुकुम्बासी लगायत अव्यवस्थित बस्तीलाई व्यवस्थापन गर्ने स्थानीय सरकारले भुमिहिन लाई भुमि दे भन्छ भन्ने जस्ता सहभागीले नाराबाजी गरेका थिए । र्याली चन्द्रौटा बजार परिक्रमा गरि नगरपालिकाको अगाडि पुगी कोणसभामा परिणत भएको जनाइएको छ ।

अधिकार मञ्चका अध्यक्ष ज्ञानेन्द्र लामिछानेले सबैको सम्मनपूर्वक बाच्ने अधिकार रहेको बताए । पछिल्लो समय सुकुम्बासीको पिडा हरेक निर्वाचनमा उम्मेदवारको चुनावी एजेन्डा मात्रै बनेको आरोप लगाउँदै भुमि अधिकारका लागि लालपुर्जा दिनुको विकल्प नरहेको उनले जिकिर गरे ।

उनले भने स् ूचुनावको बेला स्थानीय जनप्रतिनिधिले लालीपप मात्रै देखाएका छन । लामिछानेले थपे स् ूयदि सुकुम्बासीको काम गर्न कहि कसैले वा कुनै राजनीतिक दलका जनप्रतिनिधिले रोकेका छन् भने तीनीहरुलाई ठेगान लगाउने छौँ ।

नगरपालिकामा आवाज उठाउँदा सम्बन्धित शाखाका कर्मचारीले आफूले काम गर्दा फाइल हेर्न नसके अध्यक्ष लामिछानेले बताए । जनशक्ति नभएकाले एकलै कर्मचारीले सबै काम गर्न नसकेको उनको भनाइ छ ।

यता नगर प्रमुख अजय थापाले मञ्चको ज्ञापनपत्र ग्रहण गर्दै सुकुम्बासी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए । आफूलाई यसबारे जानकारी भएपनि आन्तरिक समस्याले काम गर्न नसकेको उनले स्विकार गरे ।
