विद्यालयमै पुगेर विद्यार्थीको दाँत परीक्षण
दा्ेलखा- दोलखाको भीमेश्वर नगरपालिका र ह्यापी स्माइल हेल्थ फाउन्डेसनको साझेदारीमा नगरभित्रका सामुदायिक र संस्थागतका विद्यालयहरूका विद्यार्थीहरूको दन्त परीक्षण सुरु भएको हो ।
उहाँका अनुसार नगरको वडा नम्बर ९ को सुर्के माध्यमिक विद्यालयबाट दन्त परीक्षण तथा छात्राका लागि रजस्वला तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी पनि दिइएको हो ।छात्राहरूलाई प्याडबारे जानकारीका साथै घरमै भएका कपडाबाट प्याड बनाउने तरिका पनि सिकाइएको छ ।
बालबालिकाहरूमा दाँतको समस्या तीव्र गतिमा देखिन थालेपछि सचेतनासहित विद्यालयका विद्यार्थीहरूको दन्त परीक्षण सुरु गरिएको फाउन्डेसनका डा. मनीषा दाहालले बताउनु भएको छ ।