मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
हेटौंडा- मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलुका ७ बजे बकैया–१२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना८ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा एक जना मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक मकवानपुरगढी-२ अदुवाखर्कका २८ वर्षीय चन्द्र योन्जन रहेको प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । टिपर शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानीमा ढुङ्गा लोड गर्न जाँदै थियो ।
टिपरमा चालक मात्र रहेको प्रहरीको भनाइ छ । यस्तै आज बिहान करिब ६ बजे हेटौंडा-११ थानाभर्याङमा ट्रकले ठक्कर दिंदा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको छ ।