Connect with us
Kapilvast Forest

उपभोक्ताका लागि सचेतना कार्यक्रम सम्पन्न

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

वोदेवर्साइन- म्याद गुज्रेको सामग्री उपभोक्तालाई किनबेच गर्नु वा कुनै पनि बहानामा उपभोक्ता ठग्नु दण्डनीय अपराध हो भन्ने उद्देश्यसहितको सचेतना कार्यक्रम गर्दै सप्तरीमा विश्व उपभोक्ता अधिकार दिवस २०७९ मनाइएको छ ।

नेपालका लागि स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण नाराका साथ मनाइएको विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले नागरिक सचेत नभएसम्म उपभोक्ता ठगी भइरहने जानकारी दिनुभयो ।

उपभोक्तालाई ठगी गर्नेलाई हदैसम्म कारबाही चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । हामीजस्ता पढेलेखेका नेपाली नागरिक दिनदिनै उपभोक्ताको रुपमा ठगिदै आइरहेको घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका कार्यालय प्रमुख रेखाकुमारी यादवले बताए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय करदाता सेवा कार्यालय राजविराज तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अन्तरक्रिया कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापले आउने दिनमा निरन्तर बजार अनुगमन गरी उपभोक्ता ठग्ने र कालाबजारी गर्नेलाई कुनै शर्तमा कानुनले नछाड्ने जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu