Connect with us
Kapilvast Forest

नेपालगञ्जमा खोपकाे घरदैलो सर्वेक्षण

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

नेपालगञ्ज- कोभिड दादुरा विरुद्धको खोप विभिन्न नियमित खोप तथा हात्तीपाइलेलगायत अन्य औषधी सेवनमा नेपालगञ्ज उपमहानगर जिल्लाका अन्य पालिकाभन्दा निकै पछाडि रहेको पाइएको छ । खोप लगाउने र औषधि सेवनको सवालमा नेपालगञ्ज पछाडि पर्नुको कारण पत्ता लगाउन यहाँ घरदैलो सर्वेक्षण सुरु गरिएको छ ।

उपमहानगरका २३ वटै वडामा सर्वेक्षण अभियान सुरु गरिएको जनाउँदै उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले यहाँका धेरै रैथाने बालबालिका खोपमा छुटेको पाइएपछि यस्तो अभियान र सर्वेक्षण थालिएको जानकारी दिनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले खोप लगाए÷नलगाएको बुझ्न र खोप लगाएका छैनन् भने लगाउन तथा नलगाउनुभको कारण पत्ता लगाउन अनुसन्धान गर्न महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई घरघरमा पठाएर सर्वेक्षण सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu