हात्ती धपाउन वनमा : आगजनी
दमक- झापाको मेचीनगर नगरपालिकाको चारआलीसहित विभिन्न सामुदायिक वनहरूमा पछिल्लो समय डढेलो लाग्नेगरेको छ । स्थानीय हातेमालो सामुदायिक वन अन्तर्गतको जङ्गल क्षेत्रमा निरन्तर आगो लागिरहेको र नियन्त्रण गर्न नै मुस्किल हुनेगरेको बताइएको छ सो क्षेत्रमा हात्तीले दुःख दिन थालेपछि स्थानीयले नै वनमा डढेलो लगाएको हुन सक्ने आशङ्का गरिएको छ ।
वनमा सुकेका पात पतिङ्गर अत्यन्तै धेरै भएकाले नियन्त्रणमा समस्या आउनेगरेको जन समितिका सदस्यहरूले बताउने गरेका छन् । एकातिर निभाउँदा अर्कातिर लागिरहेको हुन्छ उहाँले भन्नुभयो । हामी रातको ११ बजेसम्म जङ्गलमा नै आगो निभाइरहेका हुन्छौँ सिग्देलले बताउनु भयो ।
समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले वन समितिका पदाधिकारी तथा वन हेरालु डढेलो नियन्त्रण गर्न लागिपरेको बताउनुभयो । हामी सधैँ वन क्षेत्रभित्र लागेको आगो नियन्त्रणमा लागिरहेका छौँ सिग्देलले भन्नु भएको छ ।