Connect with us
Kapilvast Forest

कपिलवस्तुमा संसारकै अग्लो बुद्धको मूर्ति बन्ने

२०७९, ३ चैत्र शुक्रबारमा प्रकाशित

तौलिहवा- संसार कै सबभन्दा ठुलो अर्थात् २४५ मिटर अग्लो कपिलवस्तु नगरपालिका भित्र बुद्धको मूर्ति सहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले हस्ताक्षर गर्नु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले विश्वकै ठुलो बुद्व मूर्तिले विश्वकै ध्यान तान्ने बताए । परियोजनाले सिगो लुम्बिनी प्रदेशका लागि कोसेढुङगा साबित हुने जानकारी दिनुभयो ।

जसमा कपिलवस्तु नगरपालिकाले बुद्धको प्रतिमा बनाउने ठाउँ प्रतिमाको साइज पहिचान गरी कार्यपालिकाले पारित गर्नेछ र नेपालको प्रचलित कानुन अनुसार सम्बन्धित सरकारबाट सम्बन्धन लिइने छ । त्यस्तै ठाउँ निश्चित भएपछि ईन्टरनेशनल बुद्विष्ट सेन्टरले आर्थिक प्रस्तावना तयार पार्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उहाँले परियोजनाले कपिलवस्तु बासीहरूलाई आम्दानिसंग पनि जोड्न सक्ने बताए साथै परियोजनाका लागि बिदेसी उत्साहका साथ लाग्नुभएको उहाँको भनाई छ । परियोजना सफल बनाउन प्रदेश सरकारले समेत अपनत्व लिने मन्त्री पन्थीले जानकारी दिनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu