Connect with us
Kapilvast Forest

कैलालीमा होटलबाटै आमा हराइन् ४ र ६ वर्षका बालबालिका अलपत्र

२०७९, ५ चैत्र आईतवारमा प्रकाशित

धनगढी- कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका हुन् । अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा बझाङको खप्तडछान्ना घर बताउने ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गणेश बरालले शनिबार साँझ उनीहरू दुवै बालबालिकाको होटलबाट उद्धार गरिएको जानकारी दिए । आमाको नाम सरिता गिरी र बुवाको नाम गणेश गिरी बताउने उनीहरु आमासँगै भारतबाट आएको खुलेको डीएसपी बरालले बताउनुभयो ।

तर उनीहरुलाई होटलमै छोडेर आमा कहाँ गइन् भन्ने खुलेको छैन उनकाअनुसार होटलबाट उद्धार गरिएका बालबालिकालाई अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ भने उनीहरुका परिवारसँग सम्पर्कको प्रयास भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu