Connect with us
Kapilvast Forest

सुदूरपश्चिममा ३६ क्याम्पसमा मतदान २३ क्याम्पसमा स्थगित

२०७९, ५ चैत्र आईतवारमा प्रकाशित

घोडाघोडी कैलाली- त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका सामुदायिक तथा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ३६ क्याम्पसमा तोकिएकै समयमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीका १० कञ्चनपुरमा ६ डोटीमा ३ अछाममा २ बाजुरा एक डडेल्धुरा १ बझाङ ९ र दार्चुलाका ४ क्याम्पसमा शान्तिपूर्ण वातावरणमा उत्साहजनक उपस्थितिमा मतदान भइरहेको हो ।

चुनाव स्थगित हुनेमा अछाम ५ कैलाली २ बैतडी २ कञ्चनपुर ९ डोटी १ दार्चुला १ बझाङ १ र बाजुरा २ क्याम्पस रहेका छन् । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार चैत्र ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान समय रहेको छ ।

कञ्चनपुरको दानेश्वरहरी बहुमुखी क्याम्पस बझाङको त्रिवेणी आदर्श बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो । सुदूरपश्चिम प्रदेशमा त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका २३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ ।

सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा पाँचवटा सङ्घ सङ्गठन र दुई स्वतन्त्र उम्मेदवार छन् । घोडघोडी बहुमुखी क्याम्पस स्ववियू निर्वाचन संयोजक चेतराज बिनाडीले बिहान ८ बजेदेखि नै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जानकारी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu