Connect with us
Kapilvast Forest

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

२०७९, ७ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौँ-  उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो ।

यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५ रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८ सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९ लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७ वानवेमा सवारी चलाउने २१ हजार एक सय २३ अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९ सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो ।

कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९० सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४० हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu