Connect with us
Kapilvast Forest

चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली

२०७९, ७ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौँ- नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका ग्राउन्डेड चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्।

निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताउनुभयो। कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ छ।

निगमले जहाज बिक्रीका लागि जहाज जे जस्तो अवस्थामा छ सोही अवस्थामा मूल्याङ्कन गर्न लागेको प्रवक्ता खड्काको भनाइ छ। निगमले यही मूल्याङ्कनका आधारमा जहाज बिक्रीको टेन्डर गर्ने उहाँले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu