जिपको ठक्करबाट राईको मृत्यु
दमक– झापाको कमल गाउँपालिका वडा नं ४ सितापुरमा बोलेरको ठक्करबाट मङ्गलवार राती एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ गइरहेकोे बोलेरो गाडीको ठक्करबाट कमल गाउँपालिका वडा नं. ५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको हो ।
राती १० बजे मे१ज १९४२ नम्बरको बोलेरेले राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।