Connect with us
Kapilvast Forest

तयार हुँदै चिया परीक्षण केन्द्र

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

इलाम- नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण भइरहेको केन्द्रको निर्माण हालसम्म ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएको छ ।

प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण भइरहेको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

कुल १५ करोड २३ लाख रुपियाँको लगानीमा निर्माण भइरहेको केन्द्रको अहिलेसम्म पाँचवटा ब्लकको निर्माण भएको र हाल आन्तरिक व्यवस्थापन तथा फिनिसिङको काम भइरहेको भवन निर्माण आयोजनाका इन्जिनियर दिपेश आचार्यले बताउनु भएको छ ।

म्युजियम क्यान्टिन कप टेस्टिङ सेमिनार हल र प्रयोगशालाको निर्माण गरिएको छ आचार्यले भन्नुभयो असार मसान्तसम्ममा भवनका सबै काम सकिने छ । भवन निर्माणपछि प्रयोगशालाका सामग्री मेसिनहरू र अन्य आवश्यकीय व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu