Connect with us
Kapilvast Forest

खार्पुनाथको वित्तीय र भौतिक प्रगति न्यून

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

हुम्ला- खार्पुनाथ गाउँपालिकाले फागुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ । गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो ।

हालसम्म गाउँपालिकाद्वारा भए गरेका क्रियाकलाप सार्वजनिक गर्न गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको हो । प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यस वर्षको फागुन मसान्तसम्म भौतिक प्रगति ४५ र वित्तीय प्रगति ३५ प्रतिशत रहेको बताएका छन् ।

अधिकृत शाहीले यसरी प्रगति कम देखिनुमा निकासा ढिलो आउनु, हिउँदमा हिमपात र कर्मचारी तथा जनप्रतिनिधि जिल्ला बाहिर जानु विकास निर्माणका लागि जिल्लामा ल्याउन ढुवानी समस्या हुनु र कर्मचारी र जनप्रतिनिधिलाई सङ्घ तथा प्रदेशबाट तालिममा बोलाउने कार्यले पनि काम गर्न ढिलाइ भएको जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu