लुम्बिनी प्रदेश सभा कामविहीन सरकार सङ्कटमा
देउखुरी- लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई काम बिजनेस नदिँदा प्रदेश सभाको बैठक अनिश्चित जस्तै बनेको छ । प्रदेश सभाको पहिलो अधिवेशनको छैटौँ बैठक गत फागुन १७ मा बसेको थियो । त्यसयता बस्न सकेको छैन ।
सातौँ बैठकको बैठकपछि बस्ने सूचना सार्वजनिक गर्ने गरी सभामुख तुलाराम घर्तीले बैठक सकिएको जानकारी दिए पनि हालसम्म बस्न सकेको छैन । सङ्घीय सरकारमा देखिएको राजनीतिक समीकरणको प्रभाव यस प्रदेशमा परेपछि बैठक पनि अनिश्चित भएको हो ।
केन्द्रीय राजनीति समीकरणअनुसार लुम्बिनी प्रदेशमा पनि नयाँ समीकरण बन्न थालेपछि प्रदेश सरकार जोखिममा परेको हो । लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनले प्रदेश सभाले बिजनेस नपाउँदा बैठकहरू निरन्तर बस्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो सरकारले विधेयकहरू दर्ता नगर्दा प्रदेश सभा बिजनेसविहीन बन्न पुगेको छ । प्रदेश सरकारले निजामती ऐनदेखि विभिन्न महìवपूर्ण ऐनको तयारी गरे पनि सभामा दर्ता गरेको छैन । साथै विषयगत समिति गठन नहँुदा प्रदेश सभाका गतिविधिलाई तीव्रता दिन सकिएको
छैन । दलहरूको बीचमा समझदारी नहँुदा विषयगत समिति गठनको प्रक्रिया अघि नबढेको हो । सभामुख घर्तीले अबको बैठकमा विषयगत समिति गठनलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभयो ।