तनहुँ १ को उपनिर्वाचन कांग्रेस तनहुँमा १३ जनाले दिए दरखास्त
तनहुँ- वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबार सम्ममा सो सङ्ख्यामा उम्मेदावरी दिएका हुन्।
शुक्रबार ६ जना र शनिबार सात जनाले उम्मेदावारी दिएका हुन्। केन्द्रीय सदस्य गोविन्द भट्टराई पूर्व जिल्ला सभापति रघुनाथ पौडेल महाधिवेशन प्रतिनिधिहरु रामचन्द्र अधिकारी दीपक भट्टराई लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले शुक्रबार दरखास्त दिनुभएको क्षेत्रीय सचिव दयानिधी नरालले जानकारी दिनुभयो।
यसैगरी शनिबार संविधान सभा सदस्य रामचन्द्र पोख्रेल नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ क्षेत्रीय सभापति श्यामकुमार मौरती पूर्व सचिव समुन्द्र गोदार नेताहरु डोबाटे विश्वकर्मा सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले दरखास्त दिनु भएको उहाँले जानकारी दिनुभयो।