Connect with us
Kapilvast Forest

सडकले सुकुम्वासी बनाएपछि बिचल्लीमा दानबहादुर माझी

२०७९, १३ चैत्र सोमबारमा प्रकाशित

दोलखा- चरिकोट मन्थली सडक खण्ड निर्माणका क्रममा आफ्नो घरबारी नै सडकमा परेको भन्दै मेटिदिएपछि तामाकोसी गाउँपालिका–१ भिरकोट माझी गाउँका ७० वर्षीय दानबहादुर माझी अहिले सुकुम्वासी भएका छन् ।

उहाँ हिजोआज मन्दिर र सडकमा बास बस्दै आएका छन् । एक टुक्रो पनि जग्गा नराखी सडक विभागले आफूलाई सुकुम्वासी बनाएको र मुआब्जा समेत टाठा दाजुभाइले लिएपछि उनी सडकको पेटीमा बास बस्न बाध्य भएका छन् ।

अहिले उहाँसँग घडेरीको टुक्रा पनि छैन । भूकम्पमा टहरो बनाउन विभिन्न निकायबाट २४ वटा जस्तापाता पाएको थिएँ । त्यो पनि चोरी दिए । बनाउने जग्गा पनि भएन, आँखाबाट तर तर आँसु चुहाउँदै भन्नुभयो ।

सबैतिरबाट ठगिँदै ठगिँदै अहिले यो अवस्था भयो न घर न घाटको भएँ । अरूको देख्दा भकानो फुटेर आउँछ । भाग्य कस्तो लिएर जन्मेछु । दशैँ तिहार आउँछ तर कस्तो हुन्छ भन्ने नै थाहा छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu